शुक्रबार , बैसाख १२, २०८२

चीनले ४ जिल्लाका ११ ठाउँमा भूभाग अतिक्रमण गरेको विगतको सरकारी विवरण र हुम्लाका जनप्रतिनिधिको समेतको अध्ययनपछिको भनाईलाई आधार मानेर सरकारले अध्ययन कमिटी बनाएको हो । तर, ओलीले चीनले सीमा मिचेको छैन भन्नुमा उनी प्रधानमन्त्री हुँदा परराष्ट्र मन्त्रालयले नै विज्ञप्ति जारी गरी त्यस्तै भनाई पनि कारण हो । ओलीले प्रधानमन्त्री देउवामाथि भारतको नाम नलिई कसैलाई खुशी पार्न अध्ययन कमिटी गठन गरेको आरोप लगाए ।

ओली फेरि चीनप्रति नरम देखिएका छन् । उनले सीमा समस्या उठ्दा चीनको बचाऊ गर्ने गरी बोलेका थिए ।

तर, ओली भारतप्रति भने गरम देखिएका छन् । उनले सुदूरपश्चिम क्षेत्रमा भारतीय हेलिकोप्टर उडेको विषय उठाएका छन् । यसको सरकारी तहबाट कुनै औपचारिक पुष्टि भने भएको छैन । मंगलबार पोखरामा बोल्दै भारतले हेलिकोप्टर नेपाली भूभागमा उडाउँदा पनि सरकार तमासे भएको आरोप लगाए ।

ओलीले जयसिंह धामी तुइनमा खसालेर वेपत्ता भएको घटनामा पनि भारतप्रति कडा अभिव्यक्ति दिइरहेका छन् । तुइन घटनामा सरकारले कुटनीतिक नोट जारी गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा तुइन प्रकरणमा भारतको एसएसबी समेत उपस्थित भएको भनिएको छ ।

विगतमा पनि ओलीले भारतप्रति कडा अभिव्यक्ति दिएर लोकप्रीयता बढाउने काम गरेका थिए । उनले अहिले त्यही रणनीति अपनाएको विश्लेषण भइरहेको छ । तर, उनी चीनप्रति नरम नीति लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

TOP