मंगलबार , बैसाख २९, २०८३

तालिबानले पन्जशिर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ । अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशिर उपत्याका प्रान्त भने तालिबानको कब्जा बाहिर थियो ।

तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र स्थानीय लडाकु समूहले तालिबानसँग लडिरहेका थिए । तर तालिबानले पन्जशिरमा पनि जित हाँसिल गरेको र सो क्षेत्र आफ्नो कब्जामा आएको बताएको हो ।

सोमबार आफ्ना लडाकुहरुले झण्डा फहराउँदै गरेको भिडियो तालिबानले पोस्ट गरेको छ । तर एनआरएफका लडाकुहरुले अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्रमा आफूहरुको उपस्थिति रहेको बताएका छन् । उनीहरुले युद्ध जारी रहेको उल्लेख गरेका छन् ।

एनआरएफका नेताले तालिबानविरुद्ध देशभरबाट अभियान थाल्न आह्वान गरेका छन् । एनआरएफका नेता अहमद मसूदको अडियो सन्देश सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । त्यसमा नेता मसूदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिकता प्रदान गरेको र सैन्य तथा राजनीतिक विश्वास दिएको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन्, ‘जे भए पनि तपाईँहरु जहाँ हुनुहुन्छ म स्वाधिनताका लागि राष्ट्रिय अभियान थाल्न आह्वान गर्छु । यो अभियान हाम्रो देशको स्वतन्त्रता र समृद्धिका लागि हुनेछ ।’

तालिबानले तीन हप्ता अघि अफगानिस्तानमा नियन्त्रण कायम गरेको हो । अगस्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेका थिए ।

तालिबान २० वर्षपछि फेरि सत्तामा आएको हो । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले दुई दशकदेखिको सैन्य अभियान अन्त्य गरेपछि फेरि तालिबान सत्तामा आउन सफल भएको हो ।

पहाडी उपत्यका पन्जशिरमा एक लाख ५० हजार देखि दुई लाख मानिसको बसोबास छ । यो उपत्यका सन् १९८० को दशकमा सोभियत युनियन तथा सन् १९९० को दशकमा तालिबानलाई पराजित गर्न सफल भएको थियो ।

तालिबानले अहिले पन्जशिर कब्जा गरेको बताएका छन् । तर एनआरएफका प्रवक्ता अली माइसमले तालिबानले पन्जशिर कब्जा नगरेको र सो दाबी खारेज गर्ने बताएका छन् । न्याय र स्वतन्त्रताका लागि लडाईँ जारी रहेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP