आइतबार , बैसाख ७, २०८२

विश्वकप छनोट अन्तरगत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको केही मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको सहभागिताको विषयमा प्रश्न उठाएपछि खेल रद्द भएको हो ।

कोरिन्थियान्स एरिनामा स्वास्थ्य अधिकारीहरु मैदानमा नै प्रवेश गरेपछि पाहुना टोलीले मैदान छाडेको थियो । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले इंग्ल्याण्डमा व्यवसायिक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडीहरु क्वारेन्टिनमा बस्नुपर्ने माग गरेका थिए । अधिकारीहरुले खेलाडीको नाम नलिए पनि यसमा प्रिमियर लिग क्लबमा आबद्ध एस्टन भिल्लाका एमिलियानो बुएनडिया र एमिलियानो मार्टिनेज तथा टोटनहम हटस्पर्सका जियोभानी लो सेल्सो र क्रिस्टियन रोमेरो रहेका छन् । मार्टिनेज, लो सेल्सो र रोमेरोले साउ पाउलोमा भएको खेलमा शुरुवात गरेपछि अधिकारी मैदानमा नै प्रवेश गरेर अवराेध गरे ।

दुई टोलीबीच हुने खेलको अर्को मिति तय गरिएको छैन । अर्जेन्टिनी खेलाडीहरु भने आफ्नो घरेलु मैदानमा बोलिभियाविरुद्ध शुक्रबार हुने विश्वकप छनोटको अर्को खेलको तयारीमा लागेको छ । फिफाले खेल स्थगित भएको जानकारी दिँदै यसबारे थप जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP