मंगलबार , बैसाख २९, २०८३

गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । गृह मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाएको छ ।

‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP