मंगलबार , बैसाख २९, २०८३

कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह आँैल्याउनुहुन्छ ।

यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम सङ्ख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उहाँ बताउनुहुन्छ ।

ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने बहानामा दुबईमा बेचेका थिए । नेपालमा ललाइफकाई गरेर वैदेशिक रोजगारका नाममा दुबई पठाए । त्यहाँबाट फर्केपछि विवाह गर्ने भन्दै विदेश जान लाग्ने खर्च भनेर एक लाख ३० हजारसमेत लिए । काम गर्न भनी पु¥याइएपछि अरबी घर मालिकले तलाई मैले १५ सय दिराममा किनेको हो भनेर जबरजस्ती करणी गर्न खोजेपछि सविता झसङ्ग हुनुभयो ।

इन्कार गर्दा गर्दै तलबसम्म नदिने, शारीरिक र मानसिक यातनालगायतका अनेक दुःख दिन थालेपछि उहाँ भागेर गैरआवसीय नेपाली सङ्घको शरणमा पुग्नुभयो । सहयोगीको सहयोगमा अरबीलाई १५ सय दिराम र मुद्दा दायर गरेको अर्को १४ सय दिरामसमेत तिरेर उहाँ यसै वर्ष असार ९ गते स्वदेश फर्कन सफल हुनुभयो । यो खबर आजको गोरपखात्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP