बिहिबार , बैसाख ११, २०८२

नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको आरोप लगाएको छ । पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको सो पार्टीले आरोप लगाएको हो । कुन पार्टीबाट धम्की आएको हो भन्नेचाहिँ एमालेले किटान गरेको छैन ।

आइतबार एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरूले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP