मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ २१ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्दशी, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त औशी । नक्षत्र– मघा, बेलुकी ०६ बजेर ४९ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– शिब, बिहान ०८ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण– शकुनि, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त नाग । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेट । दिनमान ३१ घडी २१ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मिहिनेत गरे अनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लाग्नसक्छ । माया प्रेममा सानो कुराले मनमुटाब सिर्जना हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण कामहरू थाती रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) गीत सङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलो तिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडी बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउने मानिसहरू हाबी हुनेछन् । माया प्रेममा अरूकै नकारात्मक टिप्पणीले गर्दा मनमुटाब बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानातिना घरेलु समस्याहरूले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको कामहरू बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विद्यार्थीहरूले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरूको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना समस्याहरू सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्य बढेर जाने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP