शुक्रबार , भाद्र १२, २०८३

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार अपराह्न भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितका लागि कप्तान सुनिल क्षेत्री र फारुख चौधरीले गोल गरेका हुन् । नेपालमा तेज तामाङले जवाफी एक गोल फर्काए ।निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपाली खेलाडीहरुले राम्रा अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भारत लयमा फर्किएको थियो ।

खेलको ६१ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ८० औँ मिनेट भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८६ औँ मिनेटमा नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । योसँगै नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले घरेलु मैदानमा भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो । गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP