बिहिबार , बैसाख ११, २०८२

सरकारले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई कार्यान्वयनका लागि संसदबाट पारित गर्न प्रक्रिया बढाउँदै छ । प्रतिनिधि सभाको २३ भदौका लागि आव्हान गरिएको बैठक एमसीसी पारित गर्ने उद्देश्ये भएको चर्चा चलिसकेको छ ।एमसीसीका अधिकारीहरु नेपाल भ्रमणमा आउँदैछन् । सरकारले एमसीसीका कतिपय बुँदाबारे संशोधनको प्रयास पनि थालेका छन् । यो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको माग पनि हो ।

एमसीसी संशोधनको प्रचण्ड र माधव नेपालको माग समेतलाई सम्बोधन गरेर पारितका लागि अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थालेका हुन् । उनी एमसीसी पारित गर्ने पक्षमा थिए । देउवाकै पालामा एमसीसी सम्झौता भएको थियो । उनकै पालामा कार्यान्वयनको पहल चलेको छ ।

सत्ता गठबन्धनका मुख्य घटकहरुलाई एमसीसीमा सहमतिमा ल्याउने प्रयास समेत चलेको छ । एमसीसीमा गठबन्धनभित्र सहमति होस् भन्ने चाहना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक रुपमै बोलेर गरिसकेका छन् ।

एमसीसीको विरोधमा प्रचण्ड र माधव नेपालले पनि बोलेका छैनन् । पछिल्लो समयमा उनीहरुको एमसीसीप्रतिको लचकता मानिएको छ । माधव नेपालले संशोधनसहित पारित गर्न सकिने बताएका छन् । यसबाट गठबन्धनका केही घटकको माग सम्बोधन गरेर सशोधनको प्रयास चलेको छ ।

एमसीसीबारे देउवा, प्रचण्ड र माधव नेपालबीच एक खालको सहमति भइसकेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 41 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP