मंगलबार , बैसाख २९, २०८३

प्रदेश एकमा मुख्यमन्त्री भीम आचार्यले आगामी चुनावसम्म नेकपा एमाले एक भइसक्ने बताएका छन्।

एमाले जिल्ला कमिटी मोरङले आइतवार बिराटचोकमा आयोजना गरेको कार्यकर्ता भेलामा आचार्यले यस्तो दाबी गरेका हुन्।

नेकपा एकीकृत समाजवादीमा कार्यकर्ताको कुनै आकर्षण नभएको भन्दै आचार्यले आगामी निर्वाचनसम्म पार्टी एक हुने दाबी गरेका हुन्।

तत्कालीन एमालेको विवादका क्रममा माधव नेपाल गुटमा रहेका आचार्यले पार्टी एकताको सम्भावना जीवितै रहेको बताएका हुन्।

पार्टीभित्र एकताको वातावरण बन्दै गर्दा नियोजित रुपमा अध्यादेश ल्याएर सरकारले विभाजनलाई मलजल गरेको आरोप पनि आचार्यले लगाए ।

‘अहिले पनि केही बिग्रिएको छैन, पुराना कम्रेडहरुलाई गाली गर्ने काम नगर्नु होला,’ आचार्यले भने ‘नीति कार्यक्रम र सिद्धान्त हामीसँगै छ, त्यसैले पार्टी एकता हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP