आइतबार , भाद्र १४, २०८३

गुट विवादका कारण भदौ १८ गते सम्पन्न नेपाली कांग्रेस पश्चिमनवलपरासीका सबै वडा अधिवेशनको परिणाम सार्वजनिक हुन सकेको छैन ।

जिल्लामा प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालको दुई समूह बनेको छ । कँडेल देउवा समूहमा छन् भने खनाल पौडेल समूहमा छन् ।

सदस्यता तथा केही सामान्य विवाद दुवै समूहमा इगोका रुपमा बढेपछि कतै माइन्युट च्यातिका छन् भने कतै सार्वजनिक भएका परिणामप्रति असहमति जनाउँदै उजुरी परेका छन् ।

१८ गते हुन नसकेका केही वडामा आइतबार चुनाव भएको छ । जिल्लामा यसैबीच रामग्राम नगरपालिका–११ मा भएको अधिवेशनमा पराजित भएपछि निर्वाचनको माइन्युट च्यातिएको छ । सो वडामा सबै सभापतिबाहेक पदमा सहमति भएको थियो ।

वडा सभापतिका लागि मात्र भएको निर्वाचनमा पराजित उमेदवार श्रीकान्त कलवारले माइन्युट च्यातेका हुन् । मतगणना सकिएर घोषणा गर्न जाने क्रममा पराजित उम्मेदवारका व्यक्तिहरु एक्कासी आवेगमा आएर हातमा बोकेको माइन्युट च्यातेको मतदान अधिकृत धु्रव आचार्यले बताए ।

सभापतिका उम्मेदवार भवानी शंकर चौधरीले १८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी श्रीकान्त कलवारको १६ मत आएको छ ।

चौधरी खनाल गुटका हुन् भने कलवार कँडेल गुटका हुन् । मत परीणामबारे जिल्लाको निर्वाचन समितिमा जानकारी दिएको आचार्यले बताए ।

सुस्ता गाउँपालिका– ५ को अधिवेशनमा मनोनयन पत्र दर्ता नगरी निर्वाचन परिमाण घोषणा गरेको भन्दै पार्टी जिल्ला निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनमा विजयी भएका उमेदवारलाई निर्वाचन समितिले प्रमाणपत्र समेत दिइ सकेपछि उजुरी परेको हो ।

दुवै गुटले निर्वाचनमा जाने सहमति गरेपछि चुनाव भएको थियो । विजयी हुने सबै खनालक गुटका हुन् । तर कँडेल गुटका कार्यकर्ताले प्रकृया पूरा नगरी निर्वाचन गराएको भन्दै उजुरी दिएपछि चुनावबारे अन्योल उत्पन्न भएको छ ।

२५ जना क्षेत्रीय प्रतिनिधिमध्ये आरक्षण र केही समानुमातिकका गरी १० क्षेत्रीय प्रतिनिधिमा दुई गुटले सहमति गरेपछि निर्विरोध भएको थियो । वडा सभापति र अन्य १५ जना क्षेत्रीय प्रतिनिधिबीच सहमति नजुटेपछि चुनाव भएको हो ।

दुई गुटको विवादका कारण सुरुको दिन निर्वाचन हुन सकेको थिएन । भोलिपल्ट भएको चुनावमा दुवै पक्षका उम्मेदवारले ढिला भएका कारण मनोनयनपत्र पछि बुझाउने सहमतिमा चुनाव गराएको मतदान अधिकृत अर्जुन पाण्डेले बताए ।

निर्वाचनमा २ सय ७१ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP