बिहिबार , बैसाख ११, २०८२

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन आग्रह गरेका छन्।

एमाले जिल्ला कमिटीले शनिबार बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले यसो भनेका हुन्।

संघीय सांसद बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती दिएका हुन्।

‘मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छु’, उनले एमाले कार्यकर्तालाई सम्बोधनका क्रममा भने।

बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ खरिदका लागि व्यापारी र विचौलियासँग कमिशन बार्गेनिङ गरेको आरोप लागेको थियो।

एकजना विचौलिया विजयप्रकाश मिश्रले बास्कोटाले कमिशन माग्दै गरेको अडियो सार्वजनिक गरेका थिए। यद्यपि उक्त सेक्युरिटी प्रिन्टर खरिद प्रक्रिया नै अघि बढेको थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP