आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसले १४ औं महाधिवेशन गर्न अहिले धमाधम वडा अधिवेशन गर्दैछ।

 भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसका अधिवेशन भइरहेका छन्। अहिलेसम्म करिब ६० जिल्लाका विभिन्न वडामा अधिवेशन सकिएका छन्।वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। ती क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापति भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन्।

वडामा खुला र समावेशी जुन समूहबाट छानिएको भए पनि कांग्रेसका प्रतिनिधिले माथिल्लो तहमा जुनसुकै उम्मेदवार हुन पाउँछन्।

कांग्रेसको निर्वाचन निर्देशिकाको विविधअन्तर्गत (ड) बुँदामा लेखिएको छ, ‘समावेशी वा खुला समूहमध्ये जुनसुकै समूहबाट छानिएका प्रतिनिधिहरूले माथिल्लो तहका निर्वाचनमा समावेशी वा खुला जुनसुकै समूहको उम्मेदवार हुन पाउँछन्।’

भदौ २७ अगाडि ७७ जिल्लाका छ हजार सात सय ४३ वडामै अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ किनभने भदौ २७ मा गाउँ/नगर अधिवेशन हुँदैछ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृह महाधिवेशनका लागि बुकिङ गरिसकिएको कांग्रेसले जनाएको छ।

महाधिवेशनका मतदाता प्रतिनिधि सभा क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि हुन्। प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। देशमा १६५ निर्वाचन क्षेत्र छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP