मंगलबार , बैसाख २९, २०८३

नेपालले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार (भोलि) प्रतिस्पर्धा गर्दैछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका रहेको नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल बिहिबार खेलिसकेको छ । दोस्रो खेल भोलि साँझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक/एक गोलको बराबरी खेलेका थिए ।

घरेल मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल भारतसँग बराबरीमा रोकिएको थियो । भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले निकै सुधारिएको प्रदर्शन गरेको थियो । तर, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग माफी मागेका थिए ।

अलमुताइरीले खेलबाट नेपालीलाई खुशी बनाउन नसकेको भन्दै माफी मागेका थिए । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । खेलको ८५ औं मिनेटमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै नितिनले डेब्यु गरेका हुन् ।

भोलिको खेलमा पनि प्रशिक्षक अलमुताइरिले केही नयाँ अनुहारलाई अवसर दिन सक्ने बताइएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ । भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली साफको तयारीका लागि कतार जाने बताइएको छ । कतारमा केही हप्ता तयारी गरेर टोली त्यहीबाट माल्दिभ्स जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP