मंगलबार , बैसाख २९, २०८३

नेपालका लागि रुसी राजदूत ए. ए. नोभिकोभले नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबल योजनाको पहल गर्ने बताएका छन्। अखिल नेपाल फटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भेटमा राजदूत नोभिकोभले कोरोना महामारीले नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबलका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

रुसी राजदूतसँगको भेटमा एन्फा अध्यक्ष शेर्पासँगै पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टिमका कार्यकारी व्यवस्थापक मधुसुदन उपाध्याय पनि उपस्थित थिए।

भेटमा राजदूत नोभिकोभले राष्ट्रिय टिमसँग सम्भव नभए राष्ट्रिय टिमका केही खेलाडीसहित रुसका व्यावसायिक क्लब र नेपालबीच फ्रेन्ड्ली गराउन पलह गर्ने विषयमा छलफल भएको व्यवस्थापक उपाध्यायले बताए। उनले पुरुष, महिला तथा युवालगायत सबै समूहमा रुस र नेपालबीच मैत्रीपूर्ण खेल खेलाउने विषयमा पनि छलफल भएको जनाए।

छलफलका क्रममा राजदूतले नोभिकोभले नेपालको खेल तथा नेपाली खेलाडी प्रदर्शनको स्तरवृद्धि हुँदै गएको बताएको उपाध्यायले जानकारी दिए। भेटमा रुसी राजदूत नोभिकोभले आसन्न साफ च्याम्पियन्सिपका लागि नेपाली टिमलाई शुभकामना पनि दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP