
एमाले अध्यक्ष केपी ओलीले हालसालै नयाँ पार्टी बनाएका माधवकुमार नेपाललाई लक्षित गरी रुखो टिप्पणी गरेका छन्।
ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कतै पनि नदेखेको बताए।
‘वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गर्ने? यतिसारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे कहीँ देखिनँ,’ शनिबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘दुनियाँ देश गएँ, तर कतै देखिनँ।’
माधव नेपाल किन यतिसाह्रो कम्युनिष्ट विरोधी भए भन्ने आफूले थाहा नपाएको उनले बताए।