मंगलबार , बैसाख २९, २०८३

विद्युतीय रिक्साका कारण बुटवलको ट्राफिक व्यवस्थापन मुख्य चुनौती बनिरहेको थियो।

अहिले भने ई-रिक्साको व्यवस्थापनको काम अगाडि बढाइएको उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बताइन्।

आचार्यले लामो समयको पहलपछि ट्राफिक व्यवस्थापनमा मुख्य चुनौती बनिरहेको विद्युतीय रिक्सालाई उपमहानगरमा दर्ता गरेर नियामक निकायमा पठाएको बताइन्।

बुटवल उपमहानगर क्षेत्रभित्र कति विद्युतीय

उपमहानगरले जारी गरेको सूचना र त्यसको अवधिमा एक हजार १८ वटा विद्युतीय रिक्साले मात्रै कागजातसहित आवेदन दर्ता गराएका छन्।

उपप्रमुख आचार्यले उपमहानगरपालिकामा दर्ता गरेका १ हजार १८ वटा विद्युतीय रिक्साको ब्लुबुक तयार पार्ने र इजाजतका लागि अरु नियामक निकायमा सिफारिस गरिएको जानकारी दिइन्।

अब बुटवल उपमहानगरमा दर्ता भएका, ब्लुबुक तयार भएका एक हजार १८ वटा मात्रै ई-रिक्सा चल्न पाउने छन्।

रिक्सा सञ्चालित छन् भन्ने यकिन तथ्यांक नभए पनि १५ सयभन्दा बढी रिक्साहरू बुटवलमा संचालित रहेको अनुमान उपमहानगरपालिकाको छ। तर अब भने १ हजार १८ वटा रिक्सामात्रै बुटवलमा चल्न पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP