मंगलबार , बैसाख २९, २०८३

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाए ।

नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै उनले एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए । अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारूढ गठबन्धनलाई पटक–पटक प्रश्नसमेत गरे ।

उनले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको ? भनी प्रश्न पनि गरे । “अहिले तपाईंहरूले देख्नुभएको छ । अब चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो ? कसलाई खुसी पार्न ? चीनसँग सीमा विवाद छैन । यो सरकारलाई म चुनौती दिएर भन्न चाहन्छु– यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न ? भारतसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । चीनसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । यिनै मान्छेहरू हुन्,” उनले भने, “कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे । अहिले एमसीसी बोल्दैन । झुक्याएर पास गर्न खोज्या होला । बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् । जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के भन्छन् त ? भन्नु पर्दैन । शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन । हिजो साइन गर्नुभएको थियो त । के गर्ने एमसीसी ? उहाँहरू चुपचाप हुनुहुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP