देभभर पछिल्लो २४ घण्टामा १ हजार २६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
६ हजार ७५३ पीसीआर परीक्षणमा १ हजार २४ जना र ३ हजार १२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा २ हजार १९५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण थप ९ जनाले ज्यान गुमाएका छन्।