आइतबार , भाद्र १४, २०८३

शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ११  जना  घाइते भएका छन् ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन् ।

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा भएको हो ।

अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीका अनुसार  हाइस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घटनास्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP