आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताए ।

उनले एमाले नेता महेश बस्नेतले भक्तपुरमा आफूसँग चुनाव लड्न आउन दिएको चुनौतीको जवाफ समेत दिएका छन् ।

देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन बस्नेतलाई चुनौती दिएका छन् । उनले भने, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव जित्छु भन्छन् । पहिले दुलर्भ थापालाई हराएर देखाउनुस् ।’

देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरे । कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै उनले महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP