आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसले ३७ जिल्लाका विभिन्न वडाहरूमा आज वडा अधिवेशन सकेको छ।

पहिलो चरणमा क्रियाशील सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गरिएका जिल्लाहरूमा आज वडा अधिवेशन गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

आज भरैसम्म थप तीन जिल्लाका वडामा पनि अधिवेशन सकिने यादवले जानकारी दिए। संयोजक यादवका अनुसार निर्वाचन प्रक्रिया सुरू भएका जिल्ला गणना गरिएका हुन्। जिल्लाभित्र रहेका कुन-कुन वडामा सर्वसम्मत र कहाँ-कहाँ निर्वाचनबाट सभापतिलगायत चुनिए भन्ने विवरण आउन केही समय लाग्ने उनको भनाइ छ।

कांग्रेस केन्द्रीय समितिले बनाएको महाधिवेशन कार्यतालिकामा भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडाहरूमा एकैदिन अधिवेशन गर्ने भनिएको थियो। तर ५६ जिल्लाका क्रियाशीलको मात्रै नामावली सार्वजनिक भएको छ।

क्रियाशीलको नाम सार्वजनिक भएका केही जिल्लामा पनि आज अधिवेशन हुन सकेनन्। भदौ २६ गतेभित्र वडा अधिवेशन गरिसक्नुपर्ने कांग्रेसमा बाध्यता छ। भदौ २७ मा गाउँ/नगर अधिवेशन छ।

वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुन्छन्। क्षेत्रीय प्रतिनिधिहरू जनसंख्याको बनोटअनुसार वडाअनुसार धेरै र थोरै हुन्छ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP