आइतबार , बैसाख ७, २०८२

काठमाडौँ।  पछिल्लो २४ घण्टामा एक हजार ७५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर नौ हजार ७७३ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २७४ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.३ प्रतिशत छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ८०९ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमित ३३ हजार ६ जना छन् । पछिल्लो २४ घण्टामा नेपालमा एक लाख ६४ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP