आइतबार , बैसाख ७, २०८२

अफगानिस्तान सत्ता कब्जा गरेको कट्टरवादी समूह तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन्।
 बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन्।‘नडराऊ, हामी सबै सँगै छौं’, ‘शिक्षा, काम र सुरक्षा हाम्रा नैसर्गिक अधिकार हुन्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूको र्‍याली प्रान्तीय गभर्नरको कार्यालयसम्म पुगेको थियो।

द न्युयोर्क टाइम्सका अनुसार हेरात अफगानिस्तानको उदार सहर हो। त्यहाँका हजारौं महिलाले विश्वविद्यालय गएका छन् भने दुई साताअघि तालिबानहरूले सत्ता कब्जा नगरूञ्जेल उनीहरू घरबाहिर विभिन्न काममा जान्थे।

‘हामी तालिबानहरूलाई आफ्नो शक्ति देखाउन चाहन्छौं,’ प्रदर्शनको आयोजना गरेकी मारयामले भनिन्,‘हामी घरभित्रै बस्यौं भने हामी आफ्नो शक्ति देखाउन पाउँदैनौं तर तालिबानहरूले हामीलाई राजनीतिक र सामाजिक भूमिकाबाट हटाउन अरू प्रतिबन्ध लगाउन सक्छन्।’

तालिबानका एक जना नेताले बिबिसी पर्सियन सेवासँग नयाँ सरकारमा महिलाहरूलाई मन्त्रीस्तरको जिम्मेवारी नदिइने बताएको अर्को दिन हेरातमा प्रदर्शन भएको हो।

‘यो प्रदर्शनको उद्देश्य तालिबानलाई सरकारमा महिलाको पनि सहभागिता गराऊ र महिलाबिनाको कुनै पनि सरकार लामो समय टिक्दैन भन्ने सन्देश दिनु हो,’ प्रदर्शन आयोजनामा सघाएकी मानव अधिकारकर्मी बासिराले भनिन्,‘हामी धेरै समय चुप लागेर बस्ने छैनौं।’

आयोजकहरूले आउने दिनमा अफगानिस्तानका अरू सहरहरूमा पनि यस्ता प्रदर्शन हुने बताएका छन्।

यसअघि सन् १९९६ देखि २००२ सम्म सरकार चलाउँदा तालिबानहरूले महिलालाई उच्च शिक्षा पढ्न दिने र बाहिर काम गर्न पाउने कुरामा प्रतिबन्ध लगाएका थिए। अहिले केही तालिबान नेताहरूले आफूहरूले महिलाको मानव अधिकारको रक्षा गर्ने बताए पनि धेरैले त्यो कुरा पत्याएका छैनन्।

तालिबानहरूले सत्ता कब्जा गरेसँगै विभिन्न कार्यालयमा काम गर्ने अफगान महिलाहरू काम छोडेर घरमै बसेका छन्। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकुहरूलाई महिलाको सम्मान गर्नुपर्छ भन्ने तालिम दिन बाँकी रहेकाले केही दिन घरमै बसिदिन आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP