मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ १८ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, अहोरात्र । नक्षत्र– पुनर्वसु, दिउसो ०३ बजेर ५३  मिनेट उप्रान्त तिष्य । योग– व्यातिपात, बिहान १० बजेर २९ मिनेट उप्रान्त वरियान । करण– कौलव,बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल ।  आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मिथुन,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त कर्कट ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३१ घडी ३३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले छोटो दूरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढ्न लेख्न मन लाग्नेछ ।  खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रसन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ ।सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयको सही सदुपयोग गरी विदेशी लगानीहरू ल्याई रोजगारका अवसरहरू बढाउन सकिनेछ । घरमा आफन्त बीच नै मनमुटाब बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु पर्नेछ । व्यापार व्यवसायमा लगानी गरे पनि लाभ थोरै मात्र हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)   खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरू गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुटाब बढ्ने योग रहेको ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादविवाद तथा झै–झगडाबाट टाढै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP