आइतबार , भाद्र १४, २०८३

अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।

बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए ।  उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे ।

उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP