आइतबार , भाद्र १४, २०८३

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड दुई रात पूर्ण रुपमा बन्द हुने भएको छ । पहिरो हटाउन राती काम गर्नुपर्ने भएकोले दुई रात सडक बन्द गर्न लागिएको हो । अविरल वर्षाका कारण तानसेन नगरपालिका–८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले राती सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सडक बन् गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सडक बन्दको समयमा एम्बुलेन्स भने चल्न पाउने जनाइएको छ ।  दुई रातमा पहिरो हटाउन नसकिए समय थप गरेर काम गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सो सडक बुधबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP