आइतबार , जेठ २६, २०८२

नेपालमा पहिलोपटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुने भएको छ । चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपको एक सातापछि क्लिनिकल ट्रायल गर्न लागिएको हो ।

चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले बनाएको भ्याक्सिनको ट्रायल ३ हजार जनामा गरिनेछ ।

वालभ्याक्स बायोटेक्नोलोजीले नेपालको औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्ससंगको सहकार्यमा गर्ने ट्रायल धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिनेछ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हैजा विरुद्धको ओरल कोलेरा भ्याक्सिन र कोरोना भाइरसविरुद्धको सार्कोभ टु–एमआरएनए खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको अनुमति दिइएको छ ।
खोपको ट्रायलपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन समेत गर्ने तयारी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP