मंगलबार , अषोज २७, २०८३

भारतको उत्तर प्रदेशको फिरोजाबादमा अज्ञात ज्वरोको कहर बढिरहेको छ । पछिल्लो २४ घण्टाभित्र यहाँ थप सात बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको यो अज्ञात ज्वरोका कारण १५ दिनभित्र मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मेडिकल कलेजकी प्राध्यापक डा. संगीता अनेजाले दिएको जानकारी अनुसार १८५ बालबालिका अस्पताल भर्ना छन् । हालसम्म उनीहरुको मृत्युको कारण अर्थात् रोगको कारण केही पत्ता लाग्न सकेको छैन । यस्तोमा अस्पतालको स्थिति भयावह हुँदै गएको छ ।

हरेक घण्टा ८–१० बालबालिका अस्पताल भर्नाः

फिरोजाबादको जिल्ला अस्पतालमा स्थिति निकै खराब हुँदै गएको छ । यहाँ हरेक घण्टा ८ देखि १० बिरामी बच्चा भर्ना गरिँदैछन् । जसका कारण बेडको अभाव हुन थालेको छ । शहरको सत्य नगर टापा कलामा बस्ने राजिवकी १२ वर्षकी छोरी नन्दनीको यो अज्ञात रोगका कारण मृत्यु भएको छ । राजिवले आफ्नी छोरीलाई दुई दिन अघि ज्वरो आएको र अस्पताल भर्ना गर्दासमेत उनको ज्यान बचाउन नसकेको जानकारी दिए ।

यो रोगबाट सबैभन्दा बढी प्रभावित शहर ऐलान नगरको कोलोनीमा बस्ने सरोजले ज्वरो त सबैलाई आइरहेको छ बालबालिकालाई यसले सबैभन्दा बढी असर पारिरहेको जानकारी दिए । बालबालिकालाई ज्वरो आउँछ । कमजोरी महसुस हुन्छ । अस्पताल लगिन्छ र एक वा दुई दिन भित्रै उनीहरुको मृत्यु भइरहेको छ । १० दिनभित्र यो कोलोनीबाट सात बालबालिकाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP