मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ १६ गते । बुधबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– दशमी, रातको ०४ बजेर ०२ मिनेट उप्रान्त एकादशी । नक्षत्र– मृगशिरा, बिहान ११ बजेर ४६ मिनेट उप्रान्त आद्र्रा । योग– बज्र, बिहान १० बजेर ०४ मिनेट उप्रान्त सिद्धि । करण– वणिज, दिउसो ०३ बजेर ११ मिनेट उप्रान्त भद्रा, रातको ०४ बजेर ०२ मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २२ मिनेट । दिनमान ३१ घडी ४१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने पेसा व्यवसाय फस्टाएर जानेछ । साहसिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरूको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जाँगर चल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । विभिन्न बिलासी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूबाट न्यून आम्दानी हुनेछ । लामो दूरीको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ  ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरूभन्दा एक कदम अगाडी बढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरूको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ ।  प्रेम प्रसङ्गमा सामीप्य बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि आम्दानी थोरै हुँदा आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यवसायमा घाटा हुनेछ  ।  प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाब बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सत्रु परास्त हुनेछन् भने खैरो खन्नेहरू आफै साइड लाग्नेछन् । विवादित विषयहरूको निर्णय आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने शेयर बजार तथा सट्टाको व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्य बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको जनताको काम गर्न सक्दा मात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP