बिहिबार , बैसाख ११, २०८२

केही दिनदेखिको झरीले प्रभावित बनाएको जनजीवन मौसममा आएको सुधारसँगै सामान्यतर्फ उन्मुख भएको छ ।

मंगलवारदेखि मौसम खुले पनि बदली भने मुलुकभर नै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठले मंगलवार ठाउँठाउँमा घाम लागिरहेको तर कतिपय ठाउँमा पानी पनि परिरहेको जानकारी दिए । यद्यपि हिजोअस्तिको जस्तो झरी भने नरहेको उनको भनाइ छ ।

मंगलवार राति बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि उनले जानकारी दिए । उनले अन्य क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्नसक्ने भएकाले जमिन पूरै भिजिसकेको हुँदा सामान्य वर्षाले नै क्षति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरेका छन् ।

उनले भने, ‘पूरै खुलेको छैन र पूरै ढाकेको पनि छैन, बदलीको अवस्था कायमै छ ।’ उनले न्यून चापीय रेखा नेपालबाट दक्षिण सरिसकेको पनि जानकारी दिए । यसरी उक्त रेखा दक्षिण सर्नु भनेको नेपालमा वर्षा गराउने मनसुनी वायु कमजोर हुनु हो तर पनि मनसुनी वायु भने कायमै छ । अहिले पनि बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भने पानी परिरहेको छ ।

यसपालिको पछिल्लो झरी भने ४ दिन रहेको जनाइएको छ । यसअघि मनसुन शुरूआतीताका र असारको मध्यसमयमा २ पटक भारी वर्षा हुँदा सिन्धुपाल्चोक, मनाङलगायत २ दर्जन बढी जिल्ला नराम्ररी प्रभावित बनाएको थियो ।

केही दिनयता निरन्तरको झरीले भने तराईका साथै केही पहाडी क्षेत्रमा डुबान र बाढीपहिरोले असर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP