आइतबार , भाद्र १४, २०८३

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन्।

सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का नेकपा एसतिर खुलेका छन्।

त्यस्तै पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

यस्तै प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले पनि नेकपा एस रोज्ने पक्का भएको छ।

निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो। एमाले उपाध्यक्ष भीम रावलले तान्न सक्ने खतरा देखेर मंगलबारै उनीहरुलाई निर्वाचन कार्यालय पठाइएको हो।

प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसद छन्। विगतमा त्यहाँ १७ जना माधवकुमार नेपाल र सातजना केपी शर्मा ओलीको पक्षमा थिए।

माधव नेपालतिरका १७ मध्ये १३ जना नेकपा एसतिर खुलेका हुन्। त्यहाँकी आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले मंगलबार १३ जनाले सनाखत गरेको बताउँदै यो संख्या केही दिनमा अझै बढ्न सक्ने बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP