पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।