सोमबार , अषोज २६, २०८३

बलिउड अभिनेत्री शिल्पा शेट्टीले पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका उनका पति राज कुन्द्रासँग छिट्टिन चाहेकी छिन् । उनी बच्चाहरु लिएर राजसँग छुट्टिन चाहेको उनका साथीहरुले बताएका छन् ।

ठूला ब्यापारी भनिने राजलाई गत १९ जुलाईमा प्रहरीले पोर्न फिल्म बनाएर एपमा रिलिज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनी न्यायीक हिरासतमा छन् । राजले जमानतका लागि लगातार कोसिस गरिरहेको भए पनि सफल हुन सकेका छैनन् ।

यो घटनापछि शिल्पाको व्यक्तिगत र व्यवसायीक जीवनमा गम्भीर असर परेको छ । भारतीय संचारमाध्यकको रिपोर्ट अनुसार शिल्पाले आफ्ना पतिलाई छुटाउन कुनै पहल नै गरेकी छैनिन् । किनकि यो घटनालाई उनले पचाउन सकेकी छैनिन् ।

शिल्पालाई राजले यस्तो नीच काम गर्लान् भन्ने कहिल्यै पनि लागेको थिएन । शिल्पाले राजको पैसालाई छुनसमेत चाहेकी छैनिन् । शिल्पाले आफ्नो कामबाटै आफ्ना बच्चाहरु हेर्न सक्छिन् र उनलाई पैसाको कुनै कमी हुने छैन ।

शिल्पाले लामो समयपछि ‘हंगामा २’ र ‘निकम्मा चलचित्रमा काम गरेकी छिन् । अब थप चलचित्रमा पनि उनी काम गर्न तयार रहेकी छिन् ।

आफू निकै पीडामा भए पनि सामाजिक संजालमा बढी नै सक्रिय रहने गरेकी छिन् । अचम्म त के भने उनले निकै नै प्रेरक प्रसङ्गहरु पोष्ट गर्ने गरेकी छिन् ।

टेलिभिजन शो ‘सुपर डान्सर च्याप्टर फोर’ को लुकको एक ग्ल्यामरस तस्वीर पनि शेयर गरेकी थिइन् । उनी पति पक्राउ परे पनि सुपर डान्सरमा काम गर्न छाडेकी छैनिन् ।

उनले सोही कार्यक्रममा ‘पतिपछि महिलाहरुले आफ्नो हक र आफ्नो अस्तित्वको लडाइ लड्नु पर्छ’ भनेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP