
वि.सं.२०७८ साल भदौ १५ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– नवमी, रातको ०२ बजेर १५ मिनेट उप्रान्त दशमी । नक्षत्र– रोहिणी, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त मृगशिरा । योग– हर्षण, बिहान ०९ बजेर ३२ मिनेट उप्रान्त बज्र । करण– तैतिल, दिउसो ०१ बजेर १६ मिनेट उप्रान्त गर, रातको ०२ बजेर १५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग ।
चन्द्रराशि–वृष,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४४ पला ।मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झगडा हुने अधिक सम्भावना रहेको छ ।