मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ १५ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– नवमी, रातको ०२ बजेर १५ मिनेट उप्रान्त दशमी । नक्षत्र– रोहिणी, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त मृगशिरा । योग– हर्षण, बिहान ०९ बजेर ३२ मिनेट उप्रान्त बज्र । करण– तैतिल, दिउसो ०१ बजेर १६ मिनेट उप्रान्त गर, रातको ०२ बजेर १५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग ।

चन्द्रराशि–वृष,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४४ पला ।मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झगडा हुने अधिक सम्भावना रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढ्नमा ध्यान जाने छैन भने विभिन्न अवसर आए पनि निर्णय क्षमताको अभावले अरूभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । नयाँ काम पाउने तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समुदायको हक हितको निम्ति काम गर्ने अवसर आए पनि असजिला परिस्थितिहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरू थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साइड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा विशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब सिर्जन हुने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  घरजग्गा तथा सवारी साधनको व्यापार व्यवसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।  पढाइ लेखाइमा मनजाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP