आइतबार , भाद्र १४, २०८३

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पाखरेलले सत्तारूढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिएका छन् । सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्तारूढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबीसमेत गरे ।

“टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि, त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेसनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसाबले अगाडि जान्छौँ,” उनले भने ।

पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण एमालेमा विभाजन आएको पनि बताए ।

उनले पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताए । सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसाले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताए ।

नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल वैशाख १० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP