आइतबार , भाद्र १४, २०८३

महेन्द्रराजमार्ग अन्तर्गत बर्दघाट दुम्किबास खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ठाउँठाउँमा पहिरो जाँदा पूर्व–पश्चिम महेन्द्रराजमार्ग अवरुद्ध भएको छ ।

पहिरो गएको स्थानमा रोकिएका गैंडाकोटका पौडेलका अनुसार दुम्किबास बजारदेखि ३ किलोमिटर पश्चिममा राजमार्गमा पहिरो खसेका कारण ४ बजेबाट यातायात अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दाउन्नेको खुर्सानी खोला नजिक ठाउँठाउँमा ठूलो पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको छ । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका सवारीसाधन प्रहरीले दुम्कीबासमा रोकिदिएको छ भने बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडी बर्दघाटमा रोकिएको छ ।

महेन्द्रराजमार्गको गैंडाकोटस्थित थुम्सीबाट पश्चिम गएका गाडी फेरि दाउन्नेमा अलपत्र परेका छन् । पहिरो हटाउने काम भइरहे पनि दाउन्नेमा पानी परेकाले समस्या भएको प्रहरीको भनाई छ । दाउन्नेको सडकमा बाढीको भल बगेका कारण सडक हिलाम्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP