अफगानिस्तानको राजधानी काबुलमा नयाँ युद्ध सुरु भएको छ। सोमबार बिहान त्यहाँको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी पाँचवटा रकेट प्रहार गरिएका छन्।
तर तिनलाई अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको छ। यो आतंकवादी संगठन आईएसआईएस–केले दिएको जवाफ मानिएको छ, जसविरुद्ध अमेरिकाले दुईपटक ड्रोन हमला गरेको छ। तर अहिलेसम्म रकेट प्रहार कसले गरेको हो भन्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन।












