आइतबार , भाद्र १४, २०८३

अविरल वर्षासँगै बुटवलमा सोमबार पहिरोले ७ वटा घर पुरिएका छन् भने अन्य १५ वटा घरमा सामान्य क्षति भएको छ । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर बमघाटका ७ घर पुरिएको प्रहरीले जनाएको छ ।

दिउँसो पहिरो गएको र आइतबार नै केहीलाई सुरक्षित स्थानमा सारेका कारण गएका कारण मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । प्रहरीका अनुसार पहिरोले अम्मर विक, सीता थकाली, तुलसा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ भने अन्य १५ घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

यसअघि आइतबार पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको थियो । पहिरोबाट क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी र स्थानीय युवा क्लबहरू सहयोगका लागि जुटेको प्रहरीले बताएको छ । ज्योतिनगर क्षेत्रमा आइतबारदेखि नै पहिरो खतरा आँकलन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP