आइतबार , बैसाख २१, २०८२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन्।

अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरेका हुन्।

वाईसिएल नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेर्‍यै भएको दुःखेसो पोखे।

उनले भने, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो। त्यहाँ भन्दा के चाहियो? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो। तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तिका लागि ठगी धन्दा रहेछ त्यो त। हामीले चाँही उनको ठगी धन्दा तमसुकमा सही गरेपछि त भयो भनि ठान्यौँ। तमसुक हेरेर बसियो, विचरा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे।’

अध्यक्ष दाहालले ओलीसँग गठबन्धन गरेर के पायौँ ? भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गरे।

उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसिएलका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष दाहालले भने, ‘प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पूरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन्। त्यसलाई रोक्नका लागि तपाईं युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ।’

अध्यक्ष दाहालले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP