आइतबार , बैसाख ७, २०८२

राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान हुनु भएको छ।’ उनीहरुलाई उद्धार गरेर कहाँ पुर्याइयो भन्ने विषयमा भने परराष्ट्रले केही खुलाएको छैन ।

मंगलबार परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल नजिकै ४२ जना नेपालीलाई उद्धारका लागि राखिएको जनाएको थियो । विहीबार काबुल विमानस्थल बाहिर दुईवटा आत्मघाति बम विस्फोट भएपछि उनीहरुको उद्धारमा समस्या भएको थियो । काबुल आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको मृत्यु भएको छ । नेपालीहरु पनि उद्धारका लागि विमानस्थल नजिकै रहेका बेला सो आत्मघाति आक्रमण भएको थियो ।

परराष्ट्र मन्त्रालयले काबुलमै थप ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा रहेको जनाएको छ । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धार उडानको पर्खाइमा रहनु भएका ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको छ । उहाँहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

यसैबीच शनिबार काबुल विमानस्थलमा गोली चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमानस्थलको मुख्य गेटमा गोली चलेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP