सोमबार , अषोज २६, २०८३

आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्टमा भारतले इंग्ल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ ।

तेस्रो टेस्टको चौथो दिन भारत घरेलु टोली इंग्ल्याण्डसँग एक पारि र ७६ रनले पराजित भएको हो ।

योसँगै पाँच टेस्टको श्रृंखलामा इंग्ल्याण्डले सिरिज एक एकको बराबरीमा ल्याएको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत १५१  रनले विजयी भएको थियो ।

पहिलो पारिमा जम्मा ७८ रनमा समेटिएको भारतले दोस्रो पारिमा २७८ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डले पहिलो पारिमा ४३२ रन बनाएको थियो । पहिलो पारिमा ३५४ रनले पछि परेको भारतले दोस्र्रो पारिमा सोही स्कोर पनि बराबरी गर्न नसक्दा एक इनिङ र ७६ रनको हार  भोग्न पुग्यो ।

भारतका लागि दोस्रो पारिमा भारतका चेतेश्वर पुजाराले सर्वाधिक ९१ रन बनाउँदा रोहित शर्माले ५९ रनको योगदान गरेका थिए । यसैगरी विराट कोहलीले ५५ रन जोड्दा रविन्द्र जडेजाको ब्याटबाट ३० रन बनेको थियो ।

भारतलाई रोक्ने क्रममा इंग्ल्याण्डका ओले रविन्सनले सर्वाधिक ५ विकेट लिँदा केरिग ओभरटनले तीन विकेट लिए । जेम्स एन्डरसन र मोइन अलिको नाममा एक एक विकेट रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP