आइतबार , जेठ २६, २०८२

अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ ।

ड्रोन आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार रहेको दाबी छ ।

नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकारलाई निशाना बनाइएको उल्लेख छ ।

काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा आइएस–के ले थिएको थियो ।

अहिलेसम्मको जानकारी अनुसार ड्रोन आक्रमणमा सर्वसाधारणलाई कुन क्षति नभएको अमेरिकाले बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशमा आइएस–के समूहका योजनाकारलाई लक्षित गरि ड्रोन आक्रमण भएको जनाइएको छ । तस्बिर : एएफपी

राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि आइएस–के का योजनाकारलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ ।

अमेरिकाको केन्द्रीय कमाण्डले जारी गरेको वक्तव्यमा निशानामै आक्रमण भएको र योजनाकार मारिएको दाबी छ ।

यसैबिच काबुलस्थित अमेरिकी दूतावासले सुरक्षा सचेतना जारी गर्दै काबुल विमानस्थलको गेट आसपासमा रहेका आफ्ना नागरिकसहितलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP