मंगलबार , बैसाख २९, २०८३

नेपाल क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमानमा रहेका विश्वकप विजयी प्रशिक्षक ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) लाई शुक्रबार इमेलमा आफ्नो राजीनामा पठाएका हुन् ।

‘मेरो व्यक्तिगत कारणले, घरायसी कारणले, परिवारलाई धेरै समय दिनुपर्ने हुनाले र कोभिड १९ का कारणले ओमान भ्रमणपछि आवद्ध हुन सक्दिन होला भन्ने आशयको इमेल पठाउनु भएको छ,’ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘मैले आज इमेल हेर्दा उसको एजेन्ट मार्फत आएको रहेछ । हामीले त्यो इमेलेका जबाफ पठाइसकेका छैनौं । म व्यक्तिगत रुपमा प्रशिक्षकसँग एक पटक कुरा गर्छु ।’

६७ वर्षे ह्वाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो । नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ । पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरु खेल्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP