मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको सत्तामा पुगेको तालिबानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको विरोध गर्दै आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

तालिबानका वरिष्ठ नेता शहाबुद्दिन दिलावरले एक रेडियो अन्तर्वार्तामा सरकार चलाउन सक्ने तालिबानको क्षमता भारतले छिटै थाहा पाउने बताए। उनले अफगानिस्तानको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनीसमेत दिएका छन्।

केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले गुजरातको एउटा कार्यक्रममा आतंक र यसको त्रासबारे दिएको अभिव्यक्तिको तालिबानले विरोध गरेका हुन्।

‘आतंकको भरमा साम्राज्य जमाउन खोज्ने सोच जसको छ, यो केही समयका लागि सम्भव होला तर त्यसको स्थायित्व र त्यस्तो शासन स्थायी हुनै सक्दैन, उसले धेरै दिन नागरिकलाई दबाएर राख्न सक्दैन,’ उनले भनेका थिए। तर उनले तालिबानको नाम भने लिएका थिएनन्।

तालिबान नेता दिलावरले पाकिस्तान आफ्नो छिमेकी र मित्र भएको उल्लेख गरेको पनि बिबिसीले जनाएको छ।  त्यस क्रममा उनले आफ्ना देशका ३० लाखभन्दा धेरै अफगान शरणार्थीलाई आश्रय दिएकोमा पाकिस्तानलाई धन्यवाद दिएका छन्। सबै देशसँग पारस्परिक सम्मानमा आधारित शान्तिपूर्ण सम्बन्ध चाहेको नेता दिलावारले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP