आइतबार , बैसाख ७, २०८२

अफगानिस्तानको सत्तामा पुगेको तालिबानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको विरोध गर्दै आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

तालिबानका वरिष्ठ नेता शहाबुद्दिन दिलावरले एक रेडियो अन्तर्वार्तामा सरकार चलाउन सक्ने तालिबानको क्षमता भारतले छिटै थाहा पाउने बताए। उनले अफगानिस्तानको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनीसमेत दिएका छन्।

केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले गुजरातको एउटा कार्यक्रममा आतंक र यसको त्रासबारे दिएको अभिव्यक्तिको तालिबानले विरोध गरेका हुन्।

‘आतंकको भरमा साम्राज्य जमाउन खोज्ने सोच जसको छ, यो केही समयका लागि सम्भव होला तर त्यसको स्थायित्व र त्यस्तो शासन स्थायी हुनै सक्दैन, उसले धेरै दिन नागरिकलाई दबाएर राख्न सक्दैन,’ उनले भनेका थिए। तर उनले तालिबानको नाम भने लिएका थिएनन्।

तालिबान नेता दिलावरले पाकिस्तान आफ्नो छिमेकी र मित्र भएको उल्लेख गरेको पनि बिबिसीले जनाएको छ।  त्यस क्रममा उनले आफ्ना देशका ३० लाखभन्दा धेरै अफगान शरणार्थीलाई आश्रय दिएकोमा पाकिस्तानलाई धन्यवाद दिएका छन्। सबै देशसँग पारस्परिक सम्मानमा आधारित शान्तिपूर्ण सम्बन्ध चाहेको नेता दिलावारले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP