मंगलबार , अषोज २७, २०८३

निषेधाज्ञाको समयमा अनावश्यक हिडडुल गर्नेको बागलुङमा कोरोना परीक्षण गर्न थालिएको छ ।
समुदाय स्तरको कोरोनाको अवस्था र स्वास्थ्य परीक्षण गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बागलुङ नगरपालिकाको व्यवस्थापनमा सडकमै एन्टिजिन प्रविधिमार्फत कोरोना परीक्षण गर्न थालिएका हो ।

गत सोमबारदेखि अभियान सुरु गरिएको हो । हालसम्म १६६ जनाको कोरानो परीक्षण गरिएको छ । उनीहरु मध्ये एक जनामा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
बजार क्षेत्रको मुख्य–मुख्य चोक र गल्लीमा जनप्रतिनिधि, प्रहरी प्रशासनको उपस्थितमा निषेधाज्ञाको बेला हिडडुल गर्ने नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । एन्टिजिन किट र स्वास्थ्यकर्मीको व्यवस्थापन बागलुङ नगरपालिकाले गरेको हो ।

लडकडाउनको समयमा बाहि हिँडडुल गर्नेको संख्यामा कमी भएन’ स्वास्थ्य शाखा प्रमुख खनालले भने–‘समुदाय स्तरको संक्रमणको अवस्था थाहा पाउन अभियान फलदायी हुनेछ ।’ एन्टिजिनमार्फत स्वास्थ्य परीक्षण गर्दा लक्षण विहिन संक्रमित पहिचान हुन कठिन हुन्छ ।

‘यो चोकमा यतिबेला परीक्षण गर्ने भनेर हामीले सार्वजनिक गर्दैनौं,’ बागलुङ नगरपालिका–२ का वडा सदस्य अर्जुन घिमिरेले भने ,‘प्रहरीको सहायताबाट जथाभावी हिँडेकालाई कुनै एउटा चोकमा रोकेर परीक्षण गरेका छौँ ।’
कोरोनासँग मिल्ने लक्षण भए पनि धेरै व्यक्तिहरु अझै पनि समाजको विभेदमा पर्ने डरले स्वास्थ्य परीक्षण गर्न गराउँछन् । संक्रमितलाई समाजिक बहिस्कार गर्न नहुने तथा संकास्पद विरामीले समयमै स्वास्थ्य परीक्षण गरी उपचारमा सहभागी गराउन अभियान सफलदायी हुने घिमिरेको विश्वास छ ।
यो समाचार नागरिकदैनिक मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP