शनिबार , बैसाख ६, २०८२

ह्यारी केनको दुई गोलको मद्दतले पाकोस डे फेरेरालाई हराउँदै टोटनहम हटस्पर्स युरोपा कन्फरेन्स लिगको समूह चरणमा छनोट भएको छ । पहिलो लेगमा ब्यहोरेको १–० को हार उल्टाउँदै दोस्रो लेगमा स्पर्सले ३–० को जीत हासिल गर्यो । समग्रमा ३–१ ले विजयी बन्दै स्पर्सले प्रतियोगितामा स्थान बनाउन सफल भएको हो ।

गत मे २३ पछि पहिलोपटक स्पर्सका लागि खेलको शुरुवात गरिरहेका केनले खेलको नवौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा पाकोस डे फेरेराले आत्मघाती गोल गरेपछि स्पर्सको जीत सुनिश्चित बनेको थियो ।

सिजनको शुरुवातमा केन क्लब छाडेर जाने चर्चा चलेपनि अब उनी स्पर्समा रहने भएका छन् । स्पर्सका म्यानेजर नुनो एस्पीरितो सान्तोले केन क्लबप्रति प्रतिबद्ध रहेको र अब सबैले पुरानो कुरालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP