मंगलबार , बैसाख २९, २०८३

मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो ।

बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले नै वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको सार्वजनिक ऋण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको बैङ्कले जनाएको छ । जुन राष्ट्रिय आय (कुल गार्हस्थ्य उत्पादन) को अधिकतम ४०.५ प्रतिशत हो ।

जसमध्ये, २१.८ प्रतिशत अर्थात् ९ खर्ब २७ अर्ब ९३ करोड बाह्य अर्थात् वैदेशिक ऋण रहेको र बाँकी १८.८ प्रतिशत अर्थात् ८ खर्ब ३२ करोड आन्तरिक ऋण रहेको बैङ्कले जनाएको छ ।

एक नेपालीको थाप्लोमा साढे५७​हजार ऋण

सार्वजनिक ऋणको भार र कुल नेपालीहरूको सङ्ख्यालाई तुलना गरेर हेर्ने हो भने एक नेपालीको भागमा साढे ५७ हजार रुपैयाँ पर्ने देखिन्छ । कुल १७ खर्ब २८ अर्ब २५ करोडलाई तीन करोड नेपालीको सङ्ख्या मानेर भाग गर्दा एक नेपालीको भागमा ५७ हजार ६०८ रुपैयाँ पर्ने देखिन्छ । यद्यपि आधार जनसङ्ख्या भने तलमाथि हुन सक्छ ।

(source: ratopati)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP