मंगलबार , बैसाख ३०, २०८२

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीका अनुसार परिषदले इथिकल स्वीकृति प्रदान गरेको चीनमा निर्मित वालभ्याक्स खोपलाई मन्त्रिपरिषदले परीक्षण गर्न अनुमति प्रदान गरेको हो । उनका अनुसार चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गर्ने छ।

‘हामीले इथिकल स्वीकृति दिएपछि परीक्षणको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । यो एमआरएनए खोप भएपनि सामान्य फ्रिजकै तापक्रममा राख्न मिल्छ,’ उनले भने, ‘नेपालमा ३००० जनामा यसको परीक्षण गरिने छ । त्यसको सबै व्यवस्थापकीय काम देउराली जनताले नै हेर्ने छ ।’

उनका अनुसार यो खोपको तेस्रो तहको परीक्षण हो । ‘खोपको ट्रायलपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन समेत गर्ने तयारी गरेकोले पनि हामी यसमा सकारात्मक भएका हौं,’ उनले भने, ‘यसअघिको मन्त्रिपरिषद बैठकले नेपालमा खोप उत्पादनका लागि आवश्यक कार्यविधि पनि पारित गरिसकेको छ ।’

कोरोनाको एमआरएनए खोपसँगै मन्त्रिपरिषदले परीक्षण अनुमति दिएको हैजाको खोपको ट्रायल भने दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले गर्न लागेको हो । इन्स्टिच्युटले यसअघि पनि नेपालमा धेरैवटा खोपको ट्रायल गराइसकेको छ । केही समय अघि कोरोना खोपकै पनि ट्रायलका लागि इन्स्टिच्युटले प्रयास गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP
सोमंबुबिशु