सोमबार , अषोज २६, २०८३

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।

तेस्रो खेल अमेरिकासँग असोज १ मा खेल्ने नेपालले अन्तिम खेलमा असोज ३ गते ओमानसँग भिड्दैछ । त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एक दिवसीय क्रिकेट खेल्नेछ ।

नेपालले पहिलो खेल भदौ २० मा खेल्नेछ । दोस्रो एकदिवसीय भदौ २३मा हुने छ । नेपाली टोली मंगलबार ओमान पुगिसकेको छ । नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग– २ मा डेब्यू गरेको थियो ।

त्यसपछि नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग टी–२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP